इन्टरपोलका पूर्व अध्यक्ष मेंगलाई भ्रष्टाचारको आरोपमा साढे १३ वर्ष जेल

मङ्लबार, माघ ७, २०७६



एजेन्सी । चिनियाँ अदालतले मंगलबार भ्रष्टाचार गरेको आरोपमा अन्तर्राष्ट्रिय पुलिस एजेन्सी इन्टरपोलका पूर्व प्रमुखलाई साढे १३ वर्षको जेल सजाय सुनाएको छ ।

टियानजिन नम्बर १ इन्टरमिडिएट पिपुल्स अदालतमा गरिएको मुद्दाको सुनुवाईको क्रममा इन्टरपोलको संस्थागत अध्यक्ष समेत रहेका मेंग होंगवेईलाई २ मिलियन युआन (लगभग २९०,००० अमेरिकी डलर) जरिवाना सुनाइएको अधिकारीहरूले बताएका छन्  ।

मेंगले भने उक्त आरोप अस्विकार गरेका छन् । उनीमाथि सन् २००५ र २०१७ मा सार्वजनिक सुरक्षा उप-मन्त्री र चीनको समुद्री पुलिस प्रमुखको रूपमा पदभार सम्हाल्दा उनले १४.४६ मिलियन युआन (२ मिलियन अमेरिकी डलर) घूस लिएको आरोप् लगाइएको  छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments