सन् २०१९ मा चीनको अर्थव्यवस्था ६.१ प्रतिशतले विस्तार

शुक्रबार, माघ ३, २०७६



एजेन्सी । आधिकारिक तथ्यांकका अनुसार सन् २०१९ मा चीनको अर्थतन्त्र ६.१ प्रतिशतले वृद्धि भएको छ । सरकारी निकायद्वारा गरिएको  प्रक्षेपण(६.०- ६.५) सँग यस वर्षको आर्थिक वृद्धिदर मेल खाएको अधिकारीहरूले बताएका  छन् ।

राष्ट्रिय तथ्यांक ब्युरो (एनबीएस)को प्रतिवेदनअनुसार सन् २०१८ को आर्थिक वृद्धिदर भन्दा कम र सन् १९९० पछी ढिलो गतिमा आएर पनि यो रेकर्ड राख्न कायम भएको हो ।  यदद्पी यस वृद्धिदरलाई अझै पनि विश्वव्यापी आर्थिक वृद्धिको सब भन्दा  छिटो भएको आर्थिक वृद्धि दरको रुपमा हेरिएको छ।

अमेरिका-चीन व्यापार युद्धले निम्ताएको  आर्थिक वातावरण,  भू-राजनीतिक तनाव र टिट फर ट्याट-ट्यारिफले यस वर्ष चीनमा हलचल पैदा भएता पनि यो रेकर्ड प्राप्त गर्नुलाई विज्ञहरूले अर्थपूर्ण रुपमा हेरेको सिजीटियनले उल्लेख गरेको छ  ।

चिनियाँ अर्थव्यवस्थाको विवेचना :

गत वर्ष चीनको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ७०, ८९२ युआन( १०, २६६) अमेरिकी डलर रहेको थियो ।  इतिहासमा पहिलो पटक १०,००० अमेरिकी डलरको बिन्दुलाई तोड्दै नयाँ उचाई हासिल गरेको छ,” एनबीएस प्रमुख निंग “जिझले ​​भने ।

एनबीएस डाटाले देखाएअनुसार जीडीपी आफ्नो उधारो प्रवृत्ति त्याग्दै सेवा क्षेत्र कुल आधा भन्दा बढी ९९.०९ ट्रिलियन युआन (१४.३८ ट्रिलियन अमेरिकी डलर) को चरम सीमामा आयो । चौथो क्वाटरमा जीडीपी वृद्धि ६.० प्रतिशतमा स्थिर छ, जुन चिनियाँ सरकारको अपेक्षाहरूसँग मिल्दोजुल्दो छ । तर तेस्रो क्वाटरमाको गतिबाट अर्थतन्त्र स्थिर छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रले आर्थिक विकासलाई यतिमै रोक्नुको सट्टा स्वास्थ्य अर्थव्यवस्था संरचना र एक प्राथमिक व्यापार वातावरणलाई अँगाल्ने गरी विकासको गुणस्तरलाई बढी महत्त्व दिने वाचा समेत गरेको छ ।

सन् २०१९ मा चीनको वैदेशिक व्यापार एक प्रतिशतले तल झरेको छ, जुन ४.६ ट्रिलियन अमेरिकी डलरको उच्च समयमा बसालिएको छ। निर्प्र०.५ तिशत र आयातमा २.८ प्रतिशत संकुचन देखिएको छ । यो परिणामले  ४२१.५ अर्ब अमेरिकी डलरको व्यापार बचत(trade surplus)मा परिणत भयो, जुन अघिल्लो वर्षको तुलनामा २५.४ प्रतिशत बढी छ ।  यो तथ्यांक सन् १९५०, २०१५ र २०१६  पछिको उच्च तथ्यांक हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments