दुई राष्ट्रपतिबीच सहमति निर्वाध चले मात्र अमेरिकी सामान चीन पुग्ने

शुक्रबार, असार २०, २०७६



एजेन्सी । संयुक्त राज्य अमेरिकाले चीनसँगको व्यापार सहमतिको बारेमा गम्भीरतापूर्वक चासो नदिए चीनले अमेरिकी कृषिजन्य उत्पादनहरु  खरिद गर्न बन्द गर्ने बताएको चीनका राष्ट्रिय मिडियाहरुले प्रमुख स्थान दिएका छन् । भविष्यमा हाल भएको सहमतिको प्रभावकारिता नदेखिएमा यसो हुन् सक्ने भन्दै चीनियाँ सञ्चार माध्यमहरुले उक्त कुरा  बताएका हुन् ।

इकोनोमिक डेल्लीमा प्रकाशित एक विज्ञप्ति अनुसार अमेरिका सहमति पश्चात पनि चीनलाई समान हैसियतका साथ् हेरिरहेको छैन । सोहि कुराको  विरोध गर्दै चिनियाँ मिडियाहरुले यसप्रकारको समाचार लेखेका हुन् ।

यद्दपी ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ल्यारी कुद्लोउ भन्छन्, “हामीले चिनिया उत्पादनहरुमा लगाएको उच्च कर घटाईसकेका छौं । थप यस्तो हुनेछैन् ।”

गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको चिनियाँ समकक्षी सी जिंग पिंग बीच भेटवार्ता भएको थियो । जसअनुसार चीन थप अमेरीकी सामान खरिद गर्न राजी भएको थियो । दुई राष्ट्रपतिहरु बीचमा भएको छलफल र गम्भीर वार्ता पछी राष्ट्रपति ट्रम्पले कृषिजन्य उत्पादन खरिदबिक्रीमा कुनै सर्त नराखिने सहमति भएको व्यक्त गरेका थिए ।

उक्त सहमति पालनामा बिघ्नबाधा पुर्याइएमा चीनले अमेरिकी कृषिजन्य उत्पादन किन्न बन्द गर्ने खबर चिनियाँ अखबारहरुमा महत्वका साथ् प्रकाशित भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank