चीन-अमेरिका व्यापार सम्झौताले विश्वव्यापी अनिश्चितता कम हुनेछ : क्रिस्टलीना जोर्जिवा

आइतवार, माघ ५, २०७६



एजेन्सी । चीन-अमेरिकाबीच सम्पन्न पहिलो चरणको व्यापार सम्झौताले विश्वव्यापी आर्थिक वृद्धि गिर्ने अनिश्चिततालाई कम गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रबन्ध निर्देशक क्रिस्टलीना जोर्जिवाले बताएकी छिन ।

“यो एक स्वागत संकेत हो कि अहिले हामीसँग पहिलो चरणको सम्झौता भएको छ, केही अनिश्चितता कम गर्नका लागि हस्ताक्षर गरिरहेको छु,” पिटरसन ईन्स्टिच्युट फर ईन्टरनेशनल इकोनोमिक्सको आयोजनामा भएको एक कार्यक्रममा जोर्जिवाले भनिन । आईएमएफले स्विट्जरल्याण्डको दावोसमा हुने वर्ल्ड इकोनोमिक फोरममा सोमबार विश्व आर्थिक दृष्टिकोणको एक भागको रूपमा समायोजित वैश्विक आर्थिक पूर्वानुमान जारी गर्ने जोर्जिवाले बताएकी छिन ।

आईएमएफले भविष्यवाणी गर्दै भनेको छ । अमेरिकासँग भएको व्यापार सम्झौताले चीनको जीडीपी वृद्धिलाई समर्थन गर्दछ। “यसले चीनलाई आर्थिक वृद्धि गर्न झनै मद्धत गर्नेछ ।गत अक्टोबरमा आईएमएफले विश्वव्यापी आर्थिक वृद्धिको पूर्वानुमान घटाउँदै भनेको थियो । चीन -अमेरिका व्यापार तनावले २०२० सम्म विश्वव्यापी जीडीपीको स्तर ० .८ प्रतिशत वा ७०० अर्ब अमेरिकी डलरले घटाउनेछ।

“हामीले एउटा यस्तो व्यापार प्रणालीमा काम गर्नुपर्नेछ जुन निष्पक्ष, पारदर्शी र फाइदाजनक छ। विश्वले व्यापारको विकास सम्भावना हटाउन हाम्रो महत्वाकांक्षा बढाउनु आवश्यक छ,” क्रिस्टलीनाले गत अक्टूबरमा सीजीटीएनसँगको अन्तर्वार्तामा उल्लेख गरेकी थिइन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments