चीनद्वारा अमेरिकालाई चेतावनी- प्रदर्शनकारीलाई समर्थन गरे कडा प्रतिउत्तर दिन्छौं

शुक्रबार, मंसिर १३, २०७६



एजेन्सी  । अमेरिकाको पछिल्लो कदमको चीनले कडा विरोध गरेको छ । चीनले प्रजातन्त्रको माग गर्दै हङकङमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई अमेरिकाले समर्थन  गरे कडा प्रतिउत्तर दिने  चेतावनी दिएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङको स्वायत्ततालाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि बेइजिङ रुष्ट बनेको छ । अमेरिकी राष्ट्रपतिको सो कदम दुराग्रहपूर्ण रहेको चीनले बताएको छ । सो कानुन बमोजिम अमेरिकी सरकारले हङकङलाई पर्याप्त स्वायत्तता प्रदान गरिएको छ या छैन भनेर वार्षिक समीक्षा गर्नुपर्नेछ। नदिइएको पाइएमा हङ्‌कङलाई प्राप्त विशेष व्यापारिक हैसियत खोसिन सक्नेछ।

हाल ट्रम्म चीनसँग चलिरहेको व्यापार युद्धमा सम्झौता गर्न चाहिरहेका छन् । तर पछिल्लो कदमबारे प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले सत्यतथ्यको बेवास्ता गरिरहेको जनाएको छ।

हङ्‌कङका सार्वजनिक सम्पत्ति नष्ट गर्ने, आगो लगाउने, निर्दोष मानिसलाई कुटपिट गर्ने एवम् कानुनी शासन र सामाजिक व्यवस्थामा खलल पार्न खोज्ने हिंस्रक अपराधीहरूलाई खुला रूपमा समर्थन गरिरहेको चीनले आरोप लगाएको छ ।

चिनियाँ विदेशमन्त्रालयले अमेरिकी राजदूतलाई बोलाएर चीनको आन्तरिक मामलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । हङ्‌कङ सरकारले अमेरिकी कानुनले गलत सन्देश दिने र स्थिति साम्य पार्न नसघाउने स्पष्ट पारेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata