चीनको सडकमा आफ्नो दुध बेच्दै एक महिला

सोमवार, माघ २२, २०७४



एजेन्सी । चीनमा एक महिलाले आफ्नो बच्चाको उपचारका लागि आफ्नो दुध बेचेर पैसा उठाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ ।

उक्त महिलाले आफ्नो दुध बेच्दै गरेको भिडियो एक वेबसाइटमा पोस्ट गरिएको छ।

यस भिडियोमा एक दम्पतीले बताएका छन् कि उनीहरूलाई आफ्नो बच्चाको उपचारको लागि कम्तिमा एक लाख युआन (लगभग एक लाख १७ हजार रुपैयाँ) चाहिएको छ । उनीहरुको छोरी आइसियूमा भर्ना भएकी छिन् ।

चीनको सोशल मिडिया प्लेटफर्म योबोमा सेयर भएपछि यो भिडियोलाई २४ लाख भन्दा धेरै पटक हेरिएको छ भने ५ हजार कमेन्ट आएको छ ।

आमाका अनुसार  पैसा छिटो चाहिएका कारण उनी आफ्नो दुध बेचिरहेकी छिन् । उनको छोरी आईसीयूमा भर्ना भएकी छिन् ।

बच्चीका बुबाका अनुसार उनीहरुले अस्पतालमा ‘एक लाख युआन’ तिर्नुपर्छ। उपचारमा संलग्न डाक्टरले भनेका छन् कि बच्चीको उपचारपछि त्यो पैसा अस्पताललाई बुझाउनुपर्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments