समुन्द्रबाट अन्तरिक्षमा रकेट प्रक्षेपण गर्ने पहिलो देश- चीन

बिहिबार, जेष्ठ २३, २०७६



बेइजिङ । चीनले दुनियाँलाई पुनः एकपटक  चकित बनाएको छ । सागरमा तैरिरहेको सामुन्द्रिक जहाजबाट बुधबार चीनले सफलतापुर्वक रकेट अन्तरिक्षमा प्रक्षेपण गर्दै  दुनियाँलाई चकित बनाएको  हो ।

चीनको शान्तडोंग प्रान्तस्थित यल्लो सागरमा तैरिरहेको सामुन्द्रिक जहाजबाट अपराह्न् १२:०६ बजे एक ‘ए- लंग मार्च -११ सोलिड प्रोपोलेट क्यारिएर रकेट’ सफलतापूर्वक प्रक्षेपण गरेको हो ।

चीनको ए- लंग मार्च रकेट शृंखलाको ३०६ औं अभियान अन्तर्गत समुन्द्र स्थित प्लेटफर्मबाट पहिलो  प्रक्षेपण सफलतापूर्वक गरिएको हो ।

चीनले उक्त अभियानको लागि अरबौं डलर लगानी गरिसकेको छ । उसको एक मात्र लक्ष्य सन् २०३० सम्ममा दुनियाँको सुपरपावर बन्ने रहेको छ ।

३०६ औं अभियानको उद्देश्य पूर्ण रुपमा सफल भएमा लंग मार्च -११ ले एकैपटकमा अनेकौं स्याटेलाइटलाई आफूसँग अन्तरिक्षमा लैजान सक्ने छ । जहाँ उसले कयौं स्याटेलाइटलाइ स्थापित गर्न सक्नेछ ।

पछिल्लोपटक सम्पन्न गरिएको परिक्षणमा रकेटले दुई वटा औद्योगिक र पाँच वटा वाणिज्य स्याटेलाइट लिएर उडान भरेको जनाइएको छ ।

चिनीयाँ समाचार संस्था सिन्हुआले जनाएअनुसार पछिल्लो परिक्षणको फाइदा चीनको वान बेल्ट एण्ड वान रोड(ओबिओआर) परियोजनाका सहयोगी राष्ट्रहरुलाई दिने चिनियाँ सरकारको योजना रहेको छ ।

भिडियोमा हेर्नुहोस्,

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank