चिनियाँ विदेशमन्त्री टोकियोमाः उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित

आइतवार, बैशाख २, २०७५



टोकियो । उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच केही समययता वार्ता जारी रहेका बेला उत्तर कोरियाको विषयलाई लिएर चिनियाँ विदेशमन्त्री जापान पुगेका छन् । दुई कोरियाबीच कार्यकारिणी तहका अधिकारीबीच पनि पछिल्ला केही समययता वार्ताहरु जारी नै रहेका बताइएको छ । चिनियाँ विदेशमन्त्रीले उत्तर कोरियाको विषयमा वार्ता गर्न भन्दै जापान भ्रमण शुरु गरेका हुन् ।

अधिकारीहरुबीच कोरियामा केही समयअघि भएको शीतकालीन ओलम्पिक खेलकूदका बारेमा समीक्षा गर्नुका साथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीका बारेमा पनि छलफल भइरहेको बुझिएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी शनिबार जापान पुगेका हुन् । उनले शनिबारै जापानी विदेशमन्त्री एवम् वाङ्का समकक्षी तारो कोनोसँग भेटवार्ता गरेका छन् । गएको जनवरी महिनामा मात्र जापानी प्रधानमन्त्री कोनो चीन पुगेका थिए ।

यस पटकको भ्रमण विशेषगरी उत्तर र दक्षिण कोरियाबीच विकसित पछिल्लो घटनाक्रमबारेमा केन्द्रित हुने बताइएको छ । गएको फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा उत्तर कोरियाली प्रतिनिधिको सहभागिताबाट दुई कोरियाबीचको सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ ।

हालै मात्र उत्तर कोरियाली नेता किम जोङ उनले चीनको भ्रमण गरेका थिए । दुर्लभमध्येको एक मानिएको उनको भ्रमणको व्यापक मात्रामा विश्वमा नै चर्चा भएको थियो ।

उक्त भ्रमणपछि दुई कोरियाबीच अर्काे एक महत्वपूर्ण उच्चस्तरीय द्विपक्षीय भ्रमणको पनि आदानप्रदान भएको छ । सो भ्रमणपछि यसै महिनाको अन्तिमतिर उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय सम्मेलन हुने तय भएको बताइएको छ ।

त्यसैगरी अमेरिका र उत्तर कोरियाबीच पनि औपचारिक भेटवार्ता हुने समाचार यसअघि नै आएको थियो । उत्तर कोरियाली नेता उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मे महिनामा भेटवार्ता हुन लागेको कोरियाली अधिकारीहरुको भनाइ छ ।

यीनै विषयहरुमा चिनियाँ विदेशमन्त्रीको जापान भ्रमण केन्द्रित हुने भएको अनुमान गरिएको समाचारहरुमा जनाइएको छ । इस्ट चाइना सि देखि लिएर अरू पनि केही सीमासम्बन्धी विवादमा रहेका चीन र जापानबीचको यो द्विपक्षीय वार्तालाई पनि महत्वका साथ हेरिएको छ ।

57 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank