सन् २०२५ सम्ममा सय वटा स्याटेलाइट प्रक्षेपण गर्ने चीनको तयारी

शुक्रबार, असार २७, २०७६



एजेन्सी । चीनले सन् २०२५ सम्म अन्तरिक्षमा सय वटा उपग्रह(स्याटेलाइट) प्रक्षेपण गर्ने योजना बनाएको  छ । यसबाहेक हालसम्म चीनको सयभन्दा बढी स्याटेलाइट अन्तरिक्षमा मौजुद छन् । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनको एक अधिकारीले यसबारे खुलासा गरेका हुन् ।

विश्व आर्थिक मन्चको आँकडा अनुसार, सन् २०२२ सम्ममा आफ्नो अलग्गै अन्तरिक्ष स्टेशन बनाउने योजनाको साथ  बढीरहेको चीनले यस अघि करिब २८९ स्याटेलाइट अन्तरिक्षमा पठाइसकेको  छ । उक्त स्याटेलाइटहरु हाल अन्तरिक्ष चक्कर काटीरहेका छन् । यसैगरी भारतले  अन्तरिक्षमा ५४  स्याटेलाइटहरु पठाइसकेको उनीहरुले जनाएका छन्  ।

china-is-preparing-to-send-100-satellites-in-space-by-2025को लागि तस्बिर परिणाम

युनाइटेड नेशन अफिस फर आउटर स्पेस एफियर्स(युएनओओएसए)को अनुसार हालसम्म ८,३७८ वटा स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिसकिएको छ, जसमध्ये ४,९९४ वटा स्याटेलाइट हाल पृथ्वीको अर्बिट वरिपरी चक्कर काटी रहेका छन्  । जसमध्ये ८३० वटा स्याटेलाइट अमेरिकाको नाममा रहेको छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata