पाकिस्तानको विकास परियोजनामा चीनले एक अर्ब डलर लगानी गर्दै

आइतवार, भदौ २२, २०७६



एजेन्सी । पाकिस्तानका लागि चिनियाँ राजदूत याओ जिङले घोषणा गर्दै भनेका छन । हामी पाकिस्तानी विकास परियोजनामा एक अर्ब डलर लगानी गर्दैछौं ।

राजदूत जिङले महिला चेम्बर अफ कमर्श एण्ड इन्ड्रस्टीको शनिबार इस्लामावादमा बसेको बैठकमा उक्त घोषणा गरेको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । राजदूत जिङले चीन पाकिस्तान आर्थिक विकास परियोजनाको गति सन्तोषजनक रहेको बताएका थिए ।
उनले भने, चीन पाकिस्तान मुक्त व्यापार सम्झौताको दोस्रो चरण अक्टोबरमा अन्तिम रुप दिने जनाएका छन । त्यस पश्चायत पाकिस्तानी कृषि उत्पादन र समुद्रि खाद्य सामग्री शुन्य प्रतिशत शुल्कमा चीन जाने छ । जसको कारण पाकिस्तानको निर्यात ५०० मिलियन डलर बढ्न जाने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata