कोरोना भाइरस विरुद्ध ९ प्रकारका खोपहरू विकसित हुँदैछ- चीन सरकार

बुधबार, चैत्र ५, २०७६



एजेन्सी । कोभिड -१९ खोपको विकासको लागि विश्व दौडधुप गरिरहेको छ । संयुक्त राज्य अमेरिकाले पहिले नै क्लिनिकल परीक्षण शुरू गरिसकेको छ भने चीनले पनि आफ्नो चिकित्सा क्षेत्रलाई यसै कामको लागि दिनरात खटाइरहेको छ ।

मंगलबार, चीनको उत्तरपूर्वको टियानजिनमा खोप निर्माता क्यानसिनो बायोलजिक्सले साउथ चाइना मार्निङ पोस्टसँग भनेको छ, “यस कार्यको लागि स्वयंसेवाककहरूले ६ महिनाको क्लिनिकल परीक्षणमा सहभागीता जानाउनु पर्ने छ, यसको लागि एकेडेमी अफ मिलिटरी मेडिकल साइन्सको साथ संयुक्त रूपमा काम सुचारु भइरहेको छ ।”

हुबेई सेन्टर फर डिसीज कन्ट्रोल एंड प्रिभेन्सन (सीडीसी) ले स्वयंसेवीहरूलाई सहभागिताको लागि अनुरोधमा गर्दै भनेको छ, “खोपमा संक्रामक पदार्थहरू हुँदैनन् साथै खोपहरू अत्यधिक सुरक्षित र स्थिर रहनेछन् । र, एउटा मात्र खोप लगाईनेछ ।”

पहिलो दिनको सहभागीताले युएस राष्ट्रिय स्वास्थ्य संस्थानहरूको रकम र बायोटेक स्टार्टअप मोडर्नाद्वारा विकसित एक प्रयोगात्मक भ्याक्सिनको लागि चरण १ मा ट्रायल शुरू गरेपछि यस्तो घोषणा गरिएको हो ।

क्यानसिनोले बताएअनुसार, मेसेन्जर रिबोन्युक्लिक एसिड (एमआरएनए) प्रविधि प्रयोग गरिनेछ, जसले वास्तविक भाइरसको सट्टा भाइरसको आनुवंशिक कोड प्रतिलिपि गर्दछ । आजसम्म कुनै पनि एमआरएनए खोप मानवको लागी स्वीकृत भएको छैन ।

चीनले यस कार्य आफ्नै एमआरएनए खोप उम्मेद्वार, संयुक्त रूपमा चिनियाँ रोग र रोकथाम केन्द्र, टोङ्जी विश्वविद्यालय र शंघाईमा रहेको स्टर्मिनाद्वारा विकसित गरेको हो । यसरी विकसित गरिएको खोपको ठुलो मात्रामा पशुहरूमा परीक्षण चलिरहेको छ र यो अप्रिलको मध्यमा क्लिनिकल वाक्यांशमा प्रवेश हुने अपेक्षा गरिएको बताइएको छ ।

क्यानसिनो र एकेडेमी अफ मिलिटरी मेडिकल साइन्सेजद्वारा विकसित यो खोप चीनको विकास भइरहेको नौ वटा कोरोना विरुद्धको भाइरस मध्ये अगाडी पहिलो प्रभावकारी ठहर्न सक्ने बताइएको छ । जैविक उत्पादन गुणस्तर नियन्त्रण विशेषज्ञ र चिनियाँ एकेडेमी अफ साइन्सका शिक्षाविद् वांग जुन्झीका अनुसार सबैले अप्रिलमा क्लीनिकल परीक्षणमा भाग लिनेछन् र अप्रिलमा क्लिनिकल परीक्षणमा प्रवेश गर्नेछन् ।

“चीनको कोरोना भाइरसको खोपको अनुसन्धान र विकास तीव्र गतिमा भइरहेको छ,” वांगले मंगलबार बेइजिङमा आयोजित एक प्रेस सम्भमेलनमा भने,  “हामी अन्य देशहरू भन्दा ढिलो हुनेछैनौं ।”

यतिखेर आशा र विश्वास नै कोरोनाविरुद्धको बलियो खोप भएको समेत उनको तर्क थियो । विशेष गरी वृद्ध र कमजोर समूहका व्यक्तिहरूको लागि सचेत रहन एवम् विश्वास राख्न आग्रह गर्दै उनले भने, “महामारीको सामना गर्नु नै पर्नेछ, हालसम्म  कुनै ज्ञात उपचार छैन । आशा र विश्वासले नै यस महामारीबाट विश्वलाई आंशिक रूपमा रोक्दछ ।”

एउटा खोप महामारी रोकथाम र नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी चिकित्सा माध्यम हो किनकि यसले भाइरसको फैलावटलाई प्रभावकारी रूपमा रोक्न सक्छ,” चीनको शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधि निर्देशक लेई चाओसीले भने । “हामीले बनाइरहेको खोपले विश्व अर्थव्यवस्था स्थिर पार्न र देशहरूलाई काम र उत्पादनमा  पुनः  फर्काउन सक्षम हुनेछ ।”, उनले भनेका छन् ।

राष्ट्रपति सी जिङफिङले दुई हप्ता अघि एकेडेमी अफ मिलिटरी मेडिकल साइंसेजको निरीक्षण गर्दा कोरोनाभाइरस खोप र उपचार औषधिहरूको छिटो विकासको लागि आह्वान गरेसँगै यस कामले गति लिएको हो ।

करिब १ हजारको संख्यामा चिनियाँ वैज्ञानिकहरूले खोपहरू अघि बढाउने काममा लागि परेका  छन, जसमा ९ वटा खोपहरू विभिन्न माध्यमबाट तयार भइरहेको बताइएको छ । निष्क्रिय खोप(an inactivated vaccine), भाइरल भेक्टर-आधारित खोप(a viral vector-based vaccine) र जिन(gene vaccine) खोप लगायत ५ विभिन्न दृष्टिकोणमा खोपहरू विकसित गर्ने कामले निरन्तरता पाईरहेको छ ।

वांगले यी निर्माणाधीन खोपहरूले क्लिनिकल परीक्षणहरू शुरु गर्नु अघि कडाईसँग सम्बन्धित नियमहरू र प्राविधिक मापदण्डहरू पूरा गर्न आवश्यक रहेको बताएका छन् । साथै यी खोपले विश्व स्वास्थ्य संगठन आवश्यकताहरूसँग मेल खानुपर्ने पनि उनको भनाई छ ।

क्यानसिनो र सैनिक अनुसन्धानकर्ताहरुद्वारा विकसित सम्भावित खोप, विषाणुविज्ञ चेन वी( Chen Wei)को नेतृत्वमा, जेनेटिकली ईन्जिनियर्ड गरिएको छ । कोरोना भाइरसको सतहमा रहेको ‘स्पाइकहरू’ले मानव कोषहरूमा बाँध्छ र भाइरसलाई मानव कोषहरूमा आक्रमण गर्न सक्षम रहन्छ, जसलाई  घातक संक्रमण कोभिड-१९ भनेर चिनिन्छ । खोप विकासको सिद्धान्तअनुसार, निर्माणाधीन खोपले  त्यसविरुद्ध आक्रमणको अभ्यास गर्दछ र मानव शरीरलाई संक्रमणको जवाफ दिनको लागि प्रेरित गर्दछ ।

क्यानसिनोले एड५-एनसीओभी भ्याक्सिन(Ad5-nCoV vaccine)का लागि पूर्व खोजी अनुसन्धान नयाँ औषधि समीक्षा आवेदन चीनियाँ नियामक अधिकारीलाई पेश गरेको छ, र सम्बन्धित प्राविधिक कागजातहरू पेश गर्ने प्रक्रियामा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments