हङकङको मुद्धामा वैदेशिक हस्तक्षेप स्वीकार्य छैन :चिनियाँ विदेशमन्त्री

सोमवार, जेष्ठ १२, २०७७



बेइजिङ । हङकङमा नयाँ विवादास्पद सुरक्षा कानून लाएर चीन चारैतिरबाट आलोचनाले घेरिएको छ। आफ्नो कदमको पक्षमा बोल्दै चिनियाँ बिदेशमन्त्री  वाङ यीले  उनले भनेका छन् कि उनी हङकङको मुद्दामा वैदेशिक हस्तक्षेप सहन गर्न सकिदैन।

हङकङमा चिनियाँ विदेशमन्त्री वाङ यीले  आइतबार विवादित नयाँ सुरक्षा कानून लागू गर्ने पक्षमा वकालत गर्दै पूर्व ब्रिटिश उपनिवेशमा गैरकानुनी ‘अत्यधिक विदेशी हस्तक्षेप’ ले चीनको राष्ट्रिय सुरक्षामा गम्भीर संकट खडा गरेको बताएका छन।  उनले भने,यो सकियो। हङकङमा नयाँ सुरक्षा कानून लागू गरेर, चीन यसमा आफ्नो नियन्त्रणलाई सुदृढ पार्न चाहन्छ।

अमेरिकी विदेश मंत्री माइक पोम्पीओले नयाँ कानूनलाई हङकङको ‘मृत्युको घाउ’ भएकाे संज्ञा दिएका छन। वाङ यीले  हङकङमा कुनै पनि किसिमको विदेशी हस्तक्षेपको बिरूद्ध चेतावनी दिएका थिए कि यो चीनको आन्तरिक मामला हो र कुनै पनि बाह्य हस्तक्षेप बर्दाश्त गरिने छैन। उनले भने कि हङकङ मुद्दामा अवैध विदेशी हस्तक्षेपले चीनको राष्ट्रिय सुरक्षामा गम्भीर संकट निम्त्याएको छ।

वाङ यीले  भने कि चीनकाे न्यायिक व्यवस्था र  विशेष प्रशासनिक क्षेत्र (HKSAR) को लागी न्यायिक प्रणाली र लागूकरणको नियमहरुलाई लागू र सुधार गर्नु राष्ट्रिय सुरक्षाको प्राथमिकतामा आएको छ र ढिलाइ नगरी कार्यान्वयन गरिनु पर्छ।

HKSAR को लागी न्यायिक प्रणाली र प्रवर्तन सम्बन्धी नियमहरु कार्यान्वयन र सुधार गर्न विधेयकको मस्यौदा शुक्रबार चीनको संसदमा पेश गरिएको थियो र आशा गरिएको छ कि यो मे २८ मा पारित हुनेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments