चिनियाँ बाणिज्य दुतावासमा हमला

शुक्रबार, मंसिर ७, २०७५



पाकिस्तान । पाकिस्तानको दक्षिणी तटिय शहर कराची स्थित चिनियाँ बाणिज्य दुतावासमा हमला भएको छ । अज्ञात बन्दुकधारीबाट गरिएको हमलामा दुई प्रहरी मारिएको जियो न्युजले जनाएको छ ।

चार बन्दुकधारी चिनियाँ बाणिज्य दुतावासमा जर्वरस्ती प्रवेश गर्ने कोशिष पछि भएको भिडन्तमा दुई सुरक्षाकर्मी र तीन बन्दुकधारी आतंकवादी मारिएको प्रहरीले जनाएको छ ।उक्त घटनामा एक  प्रहरी घाइते भएको र हमलामा सहभागी अन्य आतंकवादी भाग्न सफल भएका छन् ।

pa

बरिष्ठ प्रहरी अधिकारी पीर मोहम्मदले जनाए अनुसार, प्रहरी र रेन्जरहरु घटना स्थलमा पुगिसकेका छन् । घटनासँग सम्बन्धीत क्षेत्र र आतंककारी भाग्न सक्ने सम्भावीत क्षेत्रमा सिलबन्दी गरिएको छ । घटनाको जिम्मेवारी बलुचिस्तानको एक आतंकवादी संगठनले लिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata