चीनमा लक्षण नदेखिएका कोरोना संक्रमितको खोजी शुरु

बुधबार, चैत्र १९, २०७६



एजेन्सी । नोवेल कोरोना भाइरस(कोभिड-१९) को उत्पतिथलो चीनले कोरोनाविरुद्धको दोस्रो चरणको लडाइँ शुरु गरेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार १ अप्रिलदेखि लक्षण नदेखिएका कोरोना संक्रमितको विवरण सार्वजनिक गर्ने घोषणा गरेको थियो ।

कोभिड-१९ लक्षण देखिनुअघि मानिसमा संक्रमण भइसक्‍ने र यसले चीनमा दोस्रो चरणको प्रकोप निम्त्याउनसक्ने चासोप्रति सजग हुँदै लक्षण नदेखिएका कोरोना संक्रमितको खोजीलाई अगाडि बढाएको हो ।

आयोगका एक उच्च अधिकारीले जनवरी २८ देखि २४ घण्टासम्म कुनै कोरोना संक्रमितको सम्पर्कमा रहेका तर कोरोनाका लक्षण नदेखिएका व्यक्तिहरुको विवरण दर्ता गर्न स्थानीय सरकारलाई आयोगले आग्रह गरेको बताए । सोमबारसम्म एक हजार ५४१ लक्षण नदेखिएका विरामीहरु सम्पर्कमा भएको र अस्पतालको निगरानीमा रहेको बताइएको छ । जसमा २०५ जना बाहिरबाट आएकाहरु रहेको एनएचसीले जनाएको छ ।

अधिकारीहरुले लक्षण नदेखिएका संक्रमितहरुलाई निगरानी गर्न, ट्र्याक गर्न, आइसोलेट गर्न र उचित तरिका उपचार गर्न आग्रह गरेका छन् । यसअन्तर्गत केही स्थानको नमुना संकलन गरेर संक्रमणको विश्लेषण गर्नसमेत जोड दिइएको छ ।

यस किसिमको पहलले चिनियाँहरु कोरोना महामारीविरुद्ध लडाइँमा पूर्ण सफलता हात पार्न लागिपरेको विश्‍लेषकहरुले टिप्पणी गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments