हङकङ चीनको हिस्सा हो, चुनावी परिणामले फरक पार्दैन: चिनियाँ विदेशमन्त्री वाङ यी

सोमवार, मंसिर ९, २०७६



 एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यी ले जापानका प्रधानमन्त्री शिन्जो आबेसँग टोकियोमा भएको बैठकपछि हङकङ जिल्ला निर्वाचनको बारेमा बोल्दै भने, निर्वाचनमा जे भएको भएपनि हङकङ चीनको एक हिस्सा हो । यसले चीनलाई केही फरक पार्दैन ।

गत आइतबार सम्पन्न हङकङको जिल्ला निर्वाचनमा चीन समर्थकहरुले नराम्रो हार बेहोरेपछि सार्वजनिक धारणा व्यक्त गर्ने चिनियाँ विदेशमन्त्री वाङ पहिलो व्यक्ति बनेका छन । जापानका प्रधानमन्त्री शिन्जो आबेसँग भेटघाटपछि वाङले भने, यो अन्तिम परिणाम हैन । अन्तिम परिणामको प्रतिक्षा गरौं । यद्पी यो स्पष्ट छ कि जे भए पनि हङकङ चीनको एक हिस्सा हो र चीनको विशेष प्रशासनिक क्षेत्र हो । हङकङलाई गडबड गर्ने वा त्यसको समृद्धि र स्थिरतालाई क्षती पुर्याउने कुनै पनि प्रयास सफल हुने छैन ।

टोकियोमा  २० देशका विदेशमन्त्रीहरुको सभामा गएका विदेशमन्त्री वाङले अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप समेत लगाए । उनको अमेरिका प्रति गम्भीर आरोप थियो । उसले आफ्नो घरेलु कानूनको प्रयोग गर्दै चीनको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गर्यो । हङकङकको समृद्धि र स्थायीत्वलाई कमजोर बनाउने प्रयास गर्दै संयूक्त राष्ट्रसंघको वडापत्रलाई उलंघन गर्यो । अमेरिकाले हङकहङमा अशान्ति जगाउन अनेक कोशिस गरिरह्याे । विदेशमन्त्री वाङको हवाला दिदैं चीनको आधिकारीक समाचार एजेन्सी सिन्हुवाले उक्त कुरा जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata