चीनमा सबैभन्दा ठूलो परेड हुँदै

मङ्लबार, अशोज १४, २०७६



एजेन्सी । चीनले  आज(मंगलबार) राजधानी बेइजिङ्गमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेड गर्ने तयारी गरेको छ । अक्टोबर १ का दिन चीनमा चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० औं वर्ष पुग्दैछ । यस अवसरमा चीनले यसपालि विशेष हिसाबले वार्षिकोत्सव मनाउन लागेको हो । सो अवसरमा चीनले आफूले बनाएका हतियारको पनि प्रदर्शन गर्ने भएको छ ।

चीनको रक्षा मन्त्रालयका प्रवक्ताले हालैको एक पत्रकार सम्मेलनमा चीनलाई आफ्नो मसलको प्रदर्शन गर्नु जरुरी नभएको तर शान्तिप्रेमी र जवाफदेही चीन प्रदर्शनमा देखाइएने जनाएका थिए । रक्षा मन्त्रालयका अनुसार मंगलबारको परेडमा १५ हजार सेनाले भाग लिनेछन् ।  यसैगरी सो अवसरमा १६० वटा जहाज आकाशमा उडाइनेछ । यसपालि पहिलो पटक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा रहेका ८ हजार चिनियाँ सैनिक पनि भाग लिने जनाइएको छ ।

८० मिनेट लामो मंगलबारको कार्यक्रममा चीनको ७० वर्षको प्रगतिको झल्को दिन खोजेको छ । मेजर जनरल तथा मिलिटरी परेड ज्वाइन्ट कमाण्ड अफिसका उपनिर्देशक तान मिनले हालै एक प्रेस ब्रिफिङ्गका क्रममा प्रदर्शन गरिने हतियार चीनमै बनेका हुने जनाएका थिए । चीनमा सन् १९४९मा माओले चीनमा जनगणतन्त्रको स्थापना गरेका हुन्  । १९६६ देखि ७६ सम्म साँस्कृतिका क्रान्ति चलेको थियो ।  १९७७मा देङ्ग सियायोपिङ्गले चीनको अर्थतन्त्रमा मुख्य सुधारको पहल गरेका थिए ।

सेनाले सन् १९८९मा तियानमेन स्क्वायरमा लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि दमन गरेको थियो । सन् २०१०मा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भयो । सन् २०१८मा अहिलेका राष्ट्रपति सी जिनपिङ्गले आफू सधैँका लागि चीनको राष्ट्रपति हुन सक्ने व्यवस्था गरेका हुन् ।

चीनको अहिले सम्मको विकासलाई लिएर विश्वले नै आश्चर्य मान्दै आएको छ । तर, मानवअधिकार र स्वतन्त्रताको कुरालाई लिएर उत्तिकै प्रश्नपनि उठिरहेका छन् । अहिले विश्वमा एउटा ध्रुवको नेतृत्व अमेरिकाले र अर्को ध्रुवको नेतृत्व चीनले गर्ने अवस्था उत्पन्न भइरहेको बेलामा चीनले विशेष कार्यक्रम गर्न लागेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata