चिनियाँ विदेशमन्त्री नेपाल आउँदै

शनिबार, भदौ ७, २०७६



काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले भाद्र अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन ।

भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको भ्रमण लगत्तै चिनियाँ विदेशमन्त्री नेपाल आउने कुरालाई कुटनीतिक रुपमा बुझिएको छ । चिनियाँ विदेशमन्त्री दुई दिने भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालय स्राेतले जनाएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको तयारीका लागि विदेशमन्त्री वाङ नेपाल आउन लागेको जनाइएको छ ।

राष्ट्रपति सिजिनपिङले आगामी अक्टोबरमा नेपाल भ्रमणको तयारी भईरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार गठनपछि चीनका तर्फबाट नेपालका लागि पहिलो उच्चस्तरीय भ्रमण हुन लागेको हो । नेपालस्थित चिनियाँ दुतावास र परराष्ट्र मन्त्रालयलले भ्रमणको पुष्टि नगरेपनि भाद्र २९–३० का लागि विदेशमन्त्री वाङले नेपाल भ्रमण गर्ने सम्भावना रहेकाे जनाइएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata