हङकङमा प्रत्यर्पण विधेयकको खिलापमा विशाल प्रदर्शन

सोमवार, जेष्ठ २७, २०७६



हङकङ । जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा सुर्पुदगी  कानूनको विरुद्ध विशाल प्रदर्शन भएको छ ।

हङकङको राजनीतिमा नयाँ संकट निम्त्याउन सफल उक्त विधेयक पछि मुख्य कार्यकारी अधिकारी केरी लेमले संवाददातासँग भनेकि छिन । यो कानूनको एक महत्वपूर्ण भाग हो । जसले न्याय बनाई राख्न मद्धत गर्नेछ । साथै यो पनि सुनिश्चत गर्नेछ कि हङकङ सीमा र अन्तराष्ट्रिय अपराधको मामलामा आफ्नो अन्तराष्ट्रिय दायित्व पूरा गर्नेछ ।

हङकङ स्थित अर्ध स्वायत्व सरकार विधायिकाको माध्यमबाट एक विधेयक अगाडि बढाइरहेको छ । जसले कुनै पनि क्षेत्राधिकारको प्रत्यर्पणको अनुमति दिने छ । उक्त विधेयक अगाडि बढाएसँगै हङकङमा नयाँ आक्रोसले जन्म लिएको छ । आक्रोस पछि सडकमा ओर्लिएका मानिसहरुको आशंका यो छ कि विधेयक पास भएमा चीनको राजनीतिक अदालतको उल्झनमा फस्ने डरले सताएको छ ।

प्रदर्शनकारीको बुझाइमा प्रस्तावित कानूनले हङकङको कानूनलाई नोक्सान पुर्याउने छ । राजनीतिक अपराधको लागि चीन प्रत्यर्पणको खतरा जन्माउने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata