चकित पार्दै चीन : समाचार पढ्ने कृत्रिम मान्छे

शनिबार, कार्तिक २४, २०७५

बेइजिङ : एकपछि अर्को चमत्कार गरिरहेको चीनले अब समाचार पढ्ने कृत्रिम मान्छे तयार गरेको छ । चीनले पहिलो कृत्रिम समाचार बाचक तयार पारेको छ। इन्टेलिजेन्स (एआर्इ) मा आधारित समाचार बाचक चीनले शुक्रबार सार्वजनिक गरेको हो ।

चीनको समाचार एजेन्सी सिन्व्हाले यसका लागि चीनको सर्च इन्जिन कम्पनी सोगसँग साझेदारी गरेको छ । यो एआर्इ समाचार एंकरले समाचार पढ्न सक्छ भने यसको आवाज पनि मानिसको जस्तै छ । यो विश्वकै पहिलो भर्चुअल समाचार बाचक हुनेछ ।

चकित पार्दै चीन : न मान्छे, न त रोबोट आखिर कसले पढ्दैछ समाचाररिपोर्ट अनुसार यो समाचार बाचकले पत्रकारलार्इ दैनिक दिइने पैसाको पनि बचत गर्नेछ । किनकि यसले लगातार २४ घण्टासम्म काम गर्न सक्छ ।

183 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank