आफ्नो आकाशमा एक कृत्रिम चन्द्रमा बनाउँदै चीन

शनिबार, कार्तिक ३, २०७५



चीनले आफ्नो आकाशमा एक कृत्रिम चन्द्रमा बनाउने तयारी थालेको छ। यश चन्द्रमालाई सन् २०२० मा सिचुवान प्रान्तको चेङ्दुमा जमिनबाट ८० किलोमिटर माथि आकाशमा स्थापित गरिने भएको छ। उचाइ कम हुने भएकोले यो कृत्रिम चन्द्रमा खास चन्द्रमा भन्दा ८  गुणा ज्यादा चमकदार हुनेछ।

चेङ्दु एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी माइक्रोइलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्टिच्युटका प्रमुख वु चुनफेन्डका अनुसार कृत्रिम चन्द्रमाका कारण सडक बत्ती अभावको समयमा पनि समाधान हुनेछ। यस चन्द्रमाको उज्यालोले सडक बत्तीको पनि काम गर्नेछ।

कृत्रिम चन्द्रमालाई लिएर केही विज्ञ र सर्वसाधारणले भने चिन्ता जनाएका छन्। उनीहरूले यसको उज्यालोले जनावरमा नराम्रो असर पर्ने जिकिर गरेका छन्।

उनीहरूले खगोलीय घटना हेर्न पनि समस्या हुने गुनासो गरेका छन्। हर्बिन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर काङ्ग विमिनले भने कृत्रिम चन्द्रमा एकदम चम्किलो नहुने र यो धमिलो प्रकाशयुक्त हुने जिकिर गरेका छन्।

यसभन्दा पहिले पनि प्रकाश दिने कृत्रिम वस्तु आकाशमा पठाउने कोशिश भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata