चिली विरोध: कपडा कारखानामा आगो लगाई पाँच व्यक्ति मारिए !

सोमवार, कार्तिक ४, २०७६



एजेन्सी । चिलीको राजधानी स्यान्टियागो नजिकै लुटेराहरूले लुगाफाटामा आगो लगाएपछि पाँच व्यक्तिको मृत्यु भएको छ। सेना र पुलिसले प्रदर्शनकारीहरूका विरुद्ध अश्रु ग्यास र पानीको तोप प्रयोग गरेका छन् साथै देशको  प्रमुख शहरहरूमा कर्फ्यू लगाइएको छ ।

यस घटनासँगै  स्यान्टियागोमा पहिले देखि नै रहेको आपतकालिन अवस्था देशको उत्तर र दक्षिणका शहरहरूमा विस्तार हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो समय निलम्बित मेट्रो भाडा वृद्धिले शुरु गरेको अशान्तिले अशक्तहरूको जीवन खर्च र असमानताप्रति क्रोध बढ्दै  जादा यस स्थिति सामुन्ने आएको हो ।

गएराती टेलिभिजनमा वक्तव्य दिने क्रममा राष्ट्रपति सेबास्टिन पिनेराले भने “हामी एक शक्तिशाली शत्रुको विरूद्ध लडिरहेका छौं, जो कुनै सीमा बिना हिंसा प्रयोग गर्न इच्छुक छन्।”

आइतबार धेरै शहरहरूमा; प्रदर्शनकारीहरूले बसहरू जलाएका छन्, मेट्रो स्टेशनहरू भत्काइदिएका छन् भने  दंगाको क्रममा प्रहरीसँग झडप समेत भएको छ । गएराती   स्यान्टियागो, भालपारासो, कोक्विम्बो र बायोबायो क्षेत्रहरूमा रातको समयमा कर्फ्यू लगाइएको थियो ।

यसैबीच, एन्टोफागास्टा, भालपारासो, भल्दिभिया, चिल्लेन, तालका, टेमुको र पुन्ता एरेनासमा आपतकालिन अवस्था लागू गरिने बताइएको छ ।  यसले जनताको आवागमन र संविधानसभाको अधिकार रोक्न सक्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata