बालबालिका उद्धार विशेष कार्यक्रमबाट ३५ बालबालिकाको उद्धार

बुधबार, कार्तिक २८, २०७५



काठमाडौँ । ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’   अभियान मार्फत महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिएको हाे ।  उद्दार गरिएका बालबालिका विभिन्न डान्सबारमा काम गर्नुका साथै मनोरञ्जन लिइ रहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका अधिकांश बालबालिकालाई मनोपरामर्श दिई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ ।

बालबालिकालाई डान्सबारमा काम लगाउने युनिक डान्सबार र बेबो डान्सबारका तीन सञ्चालक प्रहरीले पक्राउ गरि बालबालिका ऐन–२०७५ अनुसार कारबाहीगर्ने तयारी गरेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank