बाजुराबाट काठमाडौं लैजान लागिएका १० बालबालिकाको उद्धार

शुक्रबार, कार्तिक ३०, २०७५

- प्रमित बि क



बाजुरा ।जिल्लाको  बुढीनन्दा नगरपालिकाका विभिन्न वडाबाट अबैधानिक तरिकाबाट बालवालिकाहरु जम्मा गरी काठमाडौं पढाउन लैजाने भन्दै ल्याईएका १० बालबालिकाको उद्दार गरिएको छ ।

नगरपालिकामा रहेका अतिविपन्न दलित परिवारका बालबालिकालाई काठमाडौंमा लगेर पालन पोषण र पढाई दिने भन्दै बुढीनन्दा नगरपालिकाकै वडा नं ८ का विरबहादुर लुहारले  सदरमुकाम मार्तडीमा ल्याएको अवस्थामा प्रहरीको एक टोलीले मार्तडीको पाणी होटलबाट उद्दार गरेको हो ।

बालबालिकालाई लैजान खोज्ने  लुहारलाई  सोधपुछ गर्ने क्रममा बिना अनुमति  अबैधानिक किसिमबाट जिल्ला बाहिर लिन खोजेकोले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लुहारले बालवालिकाहरुलाई जिल्ला बाहीर लैजाने कुनै आधिकारीक निकायबाट अनुमति नलिएकाले  जिल्ला बाहिर लिनबाट रोक लगाइएको  जिल्ला प्रहरी कार्यालय  बाजुराका प्रहरी नायब उपरिक्षक उद्धब सिंह भाटले जनाएका छन् । पढाउन लैजाने भन्दै प्रत्येक बालवालिकाका अभिभावकबाट बाजुरादेखि काठमाडौं सम्मको भाडा समेत संकलन गरेको  प्रहरीले जनाएको छ ।

स्थानीय ,पत्रकारको उपस्थितिमा बालबालिकाहरुलाई अभिभावकको  जिम्मा लगाईएको छ । पछिल्लो समयमा बालबालिकाहरु बेचबिखनमा पर्ने खतरा बढेपछि सरकारले बालबालिकालाई एक जिल्लाबाट अर्को ठाउँमा लैजान विधि र प्रक्रिया पुर्याउनु पर्ने बताएको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank