नौ बालबालिकाको उद्धार

बुधबार, भदौ ४, २०७६



काठमाडौं । नागर्जुनबाट नौ जना बालबालिको उद्धार गरिएको छ ।  नागार्जुन नगरपालिका ४ स्थित नमुना प्रगतीशिल महिला समुहबाट उनीहरुको उद्धार गरिएको जनाइएको छ ।

बालबालिका खोजतलास अनुसन्धान केन्द्र र राष्ट्रिय बाल अधिकार परिषदको संयूक्त सहयोगमा उनीहरुको उद्धार गरिएकाे हो । महिलाहरुको नाममा दर्ता भएको उक्त संस्थाले अवैधानिक रुपमा बालबालिका राखिएको जनाइएको छ । तथ्याङक अनुसार, १५ जना बालबालिका रहेको भए पनि ६ जना बालबालिका कहाँ छन भन्ने कुरा कुनै जानकारी नएको उद्धारकर्मीले जनाएका छन ।

बालबालिकालाई बालमैत्री वातावरण नभएको, खाना लगाउनमा समेत समस्या भेटिएको छ। घटनाका बारेमा संस्थाका व्यक्तिहरु सम्पर्कमा नआएको र संस्थाका संञ्चालक कोपिला गुरुङ भ्याली बाहिर रहेको भन्ने जानकारी प्राप्त भएको बालवालिका खोज तलाास केन्द्रले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata