बालश्रम अन्त्यका लागि बालश्रम निषेध नीति ल्याइँदै

शुक्रबार, चैत्र २२, २०७५



डोटी । दिपालय सिलगढी नगरपालिकालाई बाल श्रमिकमुक्त नगरको रूपमा स्थापना गर्ने उद्देश्यका साथ नगरपालिकाले बाल संरक्षण एवं बालश्रम निषेधसम्बन्धी नीति, रणनीति र निर्देशिका ल्याउने तयारी गरेको छ ।  नगरपालिकाले नगर क्षेत्रभित्र बालश्रम अन्त्यका लागि बनाइएको बाल श्रमिकसम्बन्धी नीति निर्माणकार्यको अन्तिम चरणमा पुगेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले बताए ।

उनले भने, “बालश्रम अन्त्यका लागि निर्माण गरिएको श्रमिकसम्बन्धी नीति निर्माणकार्यको हामी अन्तिम चरणमा पुगेका छौँ, सम्भवतः चाँडै लागू गराउनेछौँ ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata