बाल सुधार गृहमा राखिएका दुई बालक फरार

सोमवार, मंसिर ९, २०७६



काठमाडौं । बाल सुधार गृहमा राखिएका दुई बालक सुधारगृहको तीन तला माथिबाट हाम फालेर फरार रहेका छन ।  ज्यान मार्ने उद्योग र जवरजस्ती करणी आरोपमा पुर्पक्षका लागि पाँच महिनादेखि सुधार गृहमा राखिएको १७ वर्षीय दुई बालक तीन तला माथिबाट फाल हालेर फरार भएका सुधार गृहका ईन्चाज मिलन चौहानले बताए ।

चौहानका अनुसार मोरङ र झापा घर भएका तामाङ र पराजुली थर भएका दुई बालक बालबिज्याइको आरोपमा गत पाँच महिनादेखि विराटनगर ३ स्थित बालसुधार गृहमा बन्दि थिए । उनीहरु सुधार गृहको तीनतला माथि रहेको टीभी हेर्ने बहानामा झ्यालको ग्रिल निकालेर फरार भएको उनले बताए ।

विराटनगर महानगरपालिका ३ स्थित बालसुधार गृहमा एक सय ४८ जना बालकहरु कैद सजाय पाएका पुर्पक्षकालागि थुनामा रहेका छन । फरार उनीहरुको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata