पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु

सोमवार, पुस २१, २०७६



महोत्तरी । पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । औरही नगरपालिका ९ इनरुवामा सञ्चालित डीएमडी इँटा उद्योगमा रहेको पानी जमेको खाल्डोमा डुबेर दुई जना बालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका २ मा जुडिबेलाको माझीटोलका विक्रम कुशवार माझीको तीन वर्षीय छोरा तितश कुशवर माझी र सोही ठाउँका अर्जुन कुशवरका दुई वर्षीय छोरा अनीश कुशवर रहेका छन् ।  उनीहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments