नालामा जमेको पानीमा डुबेर तीन जना नाबालकको मृत्यु

शुक्रबार, बैशाख १२, २०७७



बाँके। बैजनाथ गाउँपालिका-२ पितमारीस्थित बन्दै गरेको क्षेत्रिय कारागारको कम्पाउण्ड बाहिर रहेको पानी निकासको लागि खनेको नालामा जम्मा भएको पानीमा डुबेर तीन जना नाबालकको बिहीबार साँझ मृत्यु भएको छ ।

मृत्यु हुनेहरु सोही ठाउँ बस्नेहरु १२ वर्षीय नरेश कुवर, १२ वर्षीय नबिन परीयार र ११ वर्षीय अमिल रावल रहेका छन् । उनीहरुको खेल्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments