जिल्ला बाल अधिकार समन्वय सञ्जालको अध्यक्षमा संस्कार निर्वाचित

मङ्लबार, कार्तिक २०, २०७५



बाजुरा । जिल्ला बाल अधिकार समन्वय सञ्जालको अध्यक्षमा संस्कार जैशी निर्वाचित भएका छन् । ७ औं जिल्ला बाल भेला तथा सातौ जिल्ला अधिवेशनबाट जैशी निर्वाचन प्रक्रियाबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

आफ्ना प्रतिस्पर्धि गौमुलका नरेन्द्र विकलाई पराजित गर्दै ३५ मत ल्याएर जैशी विजयी भएका हुन् । ७६ जना बाल प्रतिनिधि मध्ये ६३ जनाले मतदान गरेका थिए । नरेन्द्र विकले २३ मत ल्याएका हुन् । यस्तै उपाध्यक्षमा बुढीनन्दा नगरपालिकाकी बन्दना रेग्मी सर्वसम्मत निर्वाचित भएका छन् । भने सचिवमा बुढीगंगा नगरपालिकाका पारस रावल विजयी भएका छन् । बराबर मत ल्याए पनि जगन्नाथका अस्मानी विष्ट र बडिमालिकाका चेतबहादुर रावल सहसचिवमा निर्वाचित भएका छन् ।

child club
यस्तै कोषाध्यक्षमा ममता विक र लक्ष्मी विकलाई पछि पार्दै बडिमालिकाकी सरिता जैशी निर्वाचित भएका छन् । अरु सदस्यमा भने सर्वसम्मत चयन गरिएको निर्वाचन समिति संयोजक मदनराज जैशीले बताएका छन् ।

२ वर्षे कार्यकालका लागि सुलोचना ओली, चना रोकाया, सुष्मा विक, रेसमा जोशी, साजन थापा, बल्देव पाण्डे, पुष्प सुनार, विशाल सुनार नरेन्द्र विक, सोनिया पाण्डे, तिकल कठायत, लक्ष्मी विक, ममता विक र गणेश विक सदस्यमा निर्वाचित भएका हुन् ।

c

नौ वटै स्थानीय तहलाई समेट्ने गरी नयाँ नेतृत्व चयन गरिएको बाल अधिकार समन्वय सञ्जालले बताएका छन् । बाल अधिकारको संरक्षण, बाल विवाह न्यूनिकरण र छाउ तथा छुवाछुुत कुप्रथाको विरुद्धमा अभियानमुखि गतिविधि सञ्चालन गर्ने नव निर्वाचित अध्यक्ष संस्कार जैशीले बताएका छन् ।
पीसविनको संयोजनमा आयोजना गरिएको जिल्ला बाल भेलाले बाल अधिकारको संरक्षण, प्रवद्र्धन र विकासका लागि नौ बुदेँ घोषणा पत्र समेत जारी गरेको प्रदीपराज जैशीले बताएका छन् ।

m

निर्वाचन समितिमा मदनराज जैशी, केशरी रोकाया र कृष्ण ओली रहेका थिए । २ दिन सम्म चलेको अधिवेशन र जिल्ला भेला मार्तडीमा आयोजना गरिएको हो । बाल भेलाले संघिय संरचनाको प्रतिनिधित्व गर्ने गरी कार्य समिति गठन गरेर नयाँ सन्देश दिएको निष्कर्ष निकालको छ ।

297 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank