चिहान !

शनिबार, असार १४, २०७६



चिहान

सिमेन्ट, गिटी, बालुवा, इट्टा, ब्लक, रोडाले बनेका
यि अग्ला होचा चिहानहरूमा निदाईरहेछन मुर्दाहरू

निस्किएर चिहानबाट तर्साइरहेछन्  मानवता
देखाएर धर्म, जात, लिङ्ग, रंगका
डरलाग्दा विभेदी अनुहार

रगतको प्यास, पैसाको भोकले अतृप्त आत्माहरू
कसैले सेट गरेर राखेको अलार्म घडी जस्तो
दोहोर्याई रहेछन् दैनिकी

केहि राँके भुतहरू दौडीरहेछन बाटोमा
विरोधको ज्वाला बोकेर
किचकन्याहरु सेतो साडी लगाएर
गरिरहेछन पिछा, केहि महंगा गाडीहरूको
पिशाचहरू सपनामा आएर पारिरहेछन ऐठन
देशको भविष्यलाई
मुर्कुट्टाहरू आफ्नो टाउकाको खोजीमा
गरिरहेछन उत्तर दक्षिण

कोहि रोएको आवाज आईरहेको छ, निरन्तर
कोहि चिच्याएको ध्वनि सुनीदैछ
कस्लाई देखेर यि कुकुरहरू भुकी रहेछन, एकनास
कस्तो डरलाग्दो समय

ए कुर्सीमा उपर खुट्टी लगाएर बसेको मान्छे
चकमन्न रात परिसकेको छ
हिड, आगो बोकी
या धर्मग्रर्न्थका श्लोकहरु फलाक्दै हिड्ने गर्नु
चिहान बाट निस्किएर प्रेतहरूले
अठ्याउन सक्छन तिम्रो पनि गर्धन

सिमेन्ट, गिटी, बालुवा, ईटा, ब्लक, रोडाले बनेका
यि अग्ला होचा चिहान हरूमा निदाईरहेछन मुर्दा हरू

© सुरज पराजुली

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank