संघीय सरकारलाई दबाब दिदैं मुख्यमन्त्रीहरु

बिहिबार, चैत्र २१, २०७५



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सहित सातवटै प्रदेशका मुख्यमन्त्री बालुवाटार भेला भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार विहानै देखि प्रधानमन्त्री ओली सहित सातवटै प्रदेशका मुख्यमन्त्रीको बैठक सम्पन्न भएकाे छ ।

बैठकमा मुख्यमन्त्रीहरुले अन्तर प्रदेश समन्वय परिषदको बैठकमा भएका २९ बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गत मंसिर २३ गते बसेको अन्तरप्रदेश समन्वय परिषदको बैठकले २९ बुँदे सहमतिपत्र कार्यान्वय गर्ने भनिएको भए पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानकार्षण गरेका हुन् ।

 संघीय सरकारले बाँडफाँड गरेको बजेट न्यायोचित नभएको भन्दै उनीहरुले ३३ प्रतिशत बजेट प्रदेश सरकारलाई विनियोजित गर्नु पर्नेमा जोड दिएका छन् । प्रदेश नम्बर दुईको बारा र पर्सामा गत आइतबार आएको बिनासकारी आँधीका पीडितलाई एकद्वारा प्रणालीबाट राहात प्रदान गर्न समेत मुख्यमन्त्रीले जोड दिएका छन् ।  बैठकमा  प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata