मुख्यमन्त्रीको फोटामा जुत्ता हान्ने चार जना पक्राउ

शुक्रबार, माघ ३, २०७६



काठमाडौं । प्रदेश नम्बर दुई सरकारका मुख्यमन्त्री लालबाबु राउतको फोटामा जुत्ता हान्ने चार जना पक्राउ परेका छन् । विभिन्न मन्त्रालय तथा सांसदहरूले उपभोक्ता समिति मार्फत गराएको कामको रकम माग गर्दै आन्दोलनरत सङ्घर्ष समितिको प्रदर्शनकारीले प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनाल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहको फोटो झुन्डाएर जुत्ता हानेका थिए ।

जुत्ता हान्न थालेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, बिमलेश चौधरी र शङ्कर साहलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।  गत आर्थिक वर्ष २०७/०७६ मा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण गरिएका ८ सय ४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। प्रदेश सरकारले बक्यौता रकम भुक्तानी नगरेको भन्दै केही दिनदेखि निरन्तर रूपमा उपभोक्ता समितिहरू आन्दोलनमा उत्रेका छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments