मुख्यमन्त्रीको सपथ किन स-यो ?

मङ्लबार, फाल्गुन १, २०७४



कास्की ।प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सपथग्रहण कार्यक्रम २ दिनको लागि सरेको छ । अब उनले फागनु ४ गते मात्र सपथग्रहण गर्ने भएका छन् । यसअघि उनले २ गते सपथग्रहण गर्ने कार्यक्रम थियो ।

मुख्यमन्त्री गुरुङको सपथग्रहण प्राविधिक कारणले रोकिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । उनलाई सोमबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

फागुन ४ गते बिहान ९ः३० बजे प्रदेश प्रमुखको निवासमा मुख्यमन्त्रीलाई सपथग्रहण गराइने भएको छ।

140 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank