मुख्यमन्त्री केन्द्रको मन्त्री सरह मात्रै

मङ्लबार, फाल्गुन १, २०७४



काठमाडौँ ।  सरकारले पछिल्लोपटक निर्धारण गरेको वरीयताक्रमअनुसार मुख्यमन्त्री सातौँ वरीयतामा पर्छन् । केन्द्रीय सरकारको मन्त्रीको वरीयता पनि सातौँमै पर्छ । सुरक्षा प्रबन्ध पनि संघीय सरकारको मन्त्रीसरहकै व्यवस्था गरिएको छ ।

सवैले चासोको साथ हेरेको मुख्यमन्त्रीको सुरक्षाका लागि हाललाई जम्दारको नेतृत्वमा ११ जना सेना खटिनेछन् । नेपाल प्रहरीले पनि मुख्यमन्त्रीको सुरक्षा हेर्नेछ । सूचना संकलनका लागि मुख्यमन्त्रीको आसपास गुप्तचर पनि खटाइनेछन् ।

नवनियुक्त मुख्यमन्त्री, सभामुख तथा मन्त्रीका लागि आवश्यक सुरक्षाको प्रबन्ध भइसकेको गृह मन्त्रालयले जनाएको छ । गृह र रक्षा मन्त्रालयको संयोजकत्वमा नवनियुक्त मुख्यमन्त्री, सभामुख तथा मन्त्रीको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

322 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank