“”

प्रधानन्यायाधीशले बोलाएको कार्यक्रममा प्रधानमन्त्री सभामुखले गरे बहिष्कार

तीनअंगको खटपट सतहमा

मङ्लबार, बैशाख २६, २०७४



काठमाडौं । महाअभियो प्रकरणका कारण प्रमुख तीन अंगकाबीचमा देखिएको खटपट सार्वजनिक कार्यक्रममा पनि देखिएको छ । कानुन दिवसको अवसरमा मंगलबार सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती मगरले बहिष्कार गरेका छन् । सरकारका महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले पनि कार्यक्रम बहिष्कार गरे । प्रधानन्यायाधीश सुशीला कार्कीले निम्तोपत्र भने पठाएकी थिइन । कार्यक्रम राष्ट्रपति, उपराष्ट्रपति भने सहभागि थिए ।

नेपालमा सर्वप्रथम २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको सम्झनामा कानुन दिवस मनाउने गरिन्छ । २०३१ सालदेखि भने प्रत्येक वर्ष आजकै दिन कानुन दिवस मनाइन्छ ।

अघिल्लो आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि सरकार र न्यायालयबीच विवाद चुलिएको हो । त्यस लगत्तै शुक्रबार परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्ययायाधीश चोलेन्द्र शम्शेर जबराले महाअभियोग प्रस्ताव फिर्ता लिएर प्रधानन्यायाधीशलाई पूर्ववत काममा फर्कन निर्देशन दिएपछि न्यायालय र सरकारको सम्बन्ध चिसिएको हो।

पूर्वाग्रहबाट निर्देशिन हुन नहुने

कार्यक्रममा प्रधानन्यायाधिश सुशीला कार्कीले राजइका प्रमुख अंग पूर्वाग्रहबाट निर्देशिन हुन नहुने बताएकी छन् । राज्यका प्रमुख अंगहरु कुनै आग्रह वा पूर्वाग्रहबाट निर्देशित हुन नदिनेमा आफू पनि सचेत रहेको समेत उनले स्पष्ट पारिन् । प्रधानन्यायाधीश सुशीला कार्कीले कानुनको अन्तिम व्यख्या गर्ने अधिकार न्यायायललाई भएका बताउदै संविधान बाहिरका क्रियाकलाप आफूलाई स्वीकार्य नहुने बताइन ।

साथै आफू संविधान र कानुनले सुम्पिएको जिम्मेवारी पूरा गर्न प्रतिवद्ध रहेको पनि बताइन ।

3060 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank