दोस्रो कार्यकालको पहिलो बजेट, परम्परा बदल्दै मोदी सरकार

शुक्रबार, असार २०, २०७६



नयाँ दिल्ली । विगत लामो समयदेखि चलि आएको परम्परा बदल्दै भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आज मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गर्दैछिन् ।

पुरानो परम्परा अनुसार बजेट दस्तावेजलाई  ब्रिफकेशमा राखेर रातो रिबनले बानेर संसदमा खोल्ने परम्परा रहेको थियो ।उक्त परम्परालाई बदल्दै अर्थमन्त्री निर्मला सीतारमणले ब्रिफकेशको स्थानमा रातो रङको कपडामा बजेट दस्तावेज राखेकी हुन् ।

परम्परा बदलेसँगै मुख्य आर्थिक सल्लाहकार  के. सुब्रमण्यनले भने, ” रातो रङ को कपडामा बजेट दस्तावेजलाई राख्नु भारतीय परम्परा हो । साथै यो पश्चिमी विचारको गुलामीबाट निस्कने एक प्रतिक पनि हो । वास्तवमा यो बजेट नभएर बहिखाता हो ।”

अर्थमन्त्री निर्मला सीतारमणले मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट पेश गर्नु अघि शेयर बजारमा विचित्र किसिमको रौनकता छाएको छ । सेयर बजारको सुचाकांकहरुमा बिहानै देखि ८२.३४ अंकको रफ्तारमा बजार उचालिएको छ । शुरुवाती कारोबारमा बम्बई स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्ज भारी मात्रामा वृद्धि भएको मिडियाले जनाएका छन् ।

मोदी सरकारको दोस्रो कार्यकालमा रोजगार बढाउने, अमेरिकासँगको व्यापार चुनौती र जीडीपी बढाउने लक्ष्यसँग आधारित बजेट आउने सम्भावना रहेको मिडियाले व्यक्त गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank