एक महिने कुखुरा पालन तालिम सम्पन्न

बुधबार, जेष्ठ ३०, २०७५



दाङ । सिप विकास तालिम केन्द्र तुल्सीपुरको आर्थिक सहयोग र शुभकोटी कृषि सहकारी संस्थाको आयोजनामा सञ्चालीत एक महिने कुखुरा पालन तालिम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष प्रेमवहादुर बस्नेतको अध्यक्षता एबम् सिप विकास तालिम केन्द्र तुलसीपुरका वुद्धिवहादुर चौधरीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले कृषकका लागि यो तालिम उपलब्धीमूलक भएको भन्दै आगामी दिनहरुमा पनि यस्तै कृषक लक्षीत कार्यक्रम ल्याउन सुझाब समेत दिएका थिए ।
संस्थाका उपाध्यक्ष पूर्णवहादुर वलीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा प्रशिक्षक अमर वहादुर घर्ति, प्रशिक्षार्थी चित्रवहादु्र नेपाली लगाएतकाले वोलेका थिए ।
१५ जना कृषक महिला पुरुषहरुको सहभागीता रहेको उक्त कार्यक्रमको सहजीकरण व्यवस्थापक राजन लामिछानेले गरेका थिए ।

179 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank