छुरा प्रहार गर्ने ३ जना पक्राउ

मङ्लबार, माघ २८, २०७६



साथीबीच भएको विवादपछि छुरा प्रहार गर्ने धरानका तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । धरान–२० स्थित एन्जल मार्गमा धरान–१६ निवासी सुजन मगरलाई छुरा प्रहार गर्ने विकास साह, इश्वर राई र सागर खड्कालाई धरान प्रहरीले पक्राउ गरेको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका मगरको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा भइरहेको छ । शनिबार दिउँसो सुजन र उनीहरुबीच सामान्य विवाद भएको थियो । तर सोही साँझ उनीहरुले सुजनलाई ज्यान मार्ने उद्देश्यले छुरा प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ ।

सुजनकाे परिवारले दिएकाे जाहेरीपछि प्रहरीले उनीहरुलाई खोजी गरी सोमबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments