छत्तिसगढमा भारतीय माओवादीबाट दुरदर्शन टिम माथि हमला: दुई प्रहरी र एक पत्रकारको मृत्यु

मङ्लबार, कार्तिक १३, २०७५



भारत । भारतको छत्तिसगढ राज्यको दन्तेवाडा आरनपुरमा दुरदर्शनटिममाथि भारतीय माओवादी (नक्सल पन्थी) ले आक्रमण गरेको छ ।

नक्सलपन्थीको आक्रमणमा परि एक क्यामराम्यान र दुई प्रहरीको ज्यान गएको भारतीय मिडियाले जनाएका छन् । नक्सलपन्थीको गोली लागी ज्यान गुमाउने क्यामराम्यान दुरर्दशन दिल्लीको सुटिगका लागि दन्तेवाडा आएका थिए ।

हमलामा एक सब पुलिस इन्सपेक्टर र उनको अंग रक्षकको मृत्यु भएको हो । प्रहरीलाई लक्षित गरि चलाएको गोली क्यामराम्यानलाई लागेको प्रहरी जनाएको छ ।
कसरी भयो हमला ?
दन्तेवाडा जिल्ला निलवा क्षेत्रको सर्चमा गएको प्रहरी माओवादीले थापेको एम्बुस नजिकै आउँदा नक्सलपन्थी र प्रहरीबीच दोहोरो झडप भएको थियो ।

नक्सलपन्थीले चलाएको गोली लागि उक्त झडपमा प्रहरी उपरिक्षक रुद्र प्रताप,सहायक अंगरक्षक मंगलु र क्यामराम्यान अच्युदानन्दको मृत्यु भएको हो । झडपमा अर्का एक सहायक अंग रक्षक घाइते भएको प्रहरीले जनाएको छ ।

130 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank