छोरी !

शनिबार, फाल्गुन २५, २०७५

- सीता ओझा



बाबा !
म छोरी
तपाईकी
मैले मेरो प्रेम रोज्दा या खोज्दा
भुमिहिन र देश विहिन नबनाइयोस
मलाइ मेरो खसमसगँ बस्दा
मुलुक विहिन हुन नपरोस्

===============
अनि म छोरी
तपाईहरूकी
मैले मेरो सन्तानलाई जन्माउदा
देश विहान वा शरणार्थी बन्न नपरोस
मैले पहिचान खोजीरहदा
मेरै घर भित्र अनि
दुनियाँले हाँसो उडाउदा
म गलेर भस्म बन्न नपरोस्
===============

म छोरी
मेरा नाता भरिकी
मैले मेरो कुलको
मान, स्थान र सम्मान खोज्दा
पिता,पति सहित
पुत्रको पुच्छर नजोडियोस्

=================
म त कुलकी छोरी
घर परिवार भित्र
अनि सामाजिक कार्यमा
सहभागिता जनाउदा
विचारेरै
मेरै नाममा निम्तो
बाडियोस् ! आहा
===============
म छोरी
यो समाजकी
मेरो स्थान र मानको प्राप्तिका लागि
नाना पगरी सहित
मैले
मलाई जन्माउनेहरूसँगै
विद्रोह गर्न नपरोस्

=================
म छोरी
यो मुलुककी
यहाँको राजनीति

राजनीतिज्ञहरूले
सधै मेरो पहिचानलाइ
चुनावको मुद्दा र घोषणापत्र
भित्रको अधिकारको धर्सो
बनाउन नखोजुन्

=============

सायद
मेरा पिताले
यो बुझेर
मलाइ सिकाउने छन
विभेद विरूद्द अड्न
अनि लड्न
साथमा आफू बसेर
संघर्ष विगुल बजाउन !

=============

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata