छाउ गोठमा एक किशाेरीकाे मृत्यु

सुदूरपश्चिममा अझै राेकिएन छाउपडी प्रथा

सोमवार, मंसिर १६, २०७६



काठमाडौं ।सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका व्याप्त रहेको छाउपडी प्रथाका कारण अकालमै ज्यान गुमाउनेको संख्यामा कमी आएको छैन ।  विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले छाउपडीको नाममा करोडौं रकम खर्च गरेको भए पनि हात लाग्ये शुन्य जस्तै भएको छ ।

मुलुकमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा छाउगोठमै एक युवतीको ज्यान गएको छ ।  सोमबार राती साँफेबगर नगरपालिका वडा नम्बर ३ की २१ बर्षिया पार्वती बुढा रावतको छाउगोठमा निश्सासिएर ज्यान गएको छ । महिनावारी भएका बेला छाउगोठमा आगो बालेर ताप्ने क्रममा निसासिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । छाउगोठको ढोका फोडेर उद्धार गर्न जादा उनको मृत्यु भैसकेको आफन्तले जानकारी दिए ।

२०७४ जेठमा आछामको तुर्माखादकी २२ बर्षिया गौरी बुढा र २०७५ मंसिरमा तुर्माखादमै १८ बर्षिया पार्वती बुढाको सर्पले टोकेर छाउगोठमा मृत्यु भएको थियो । त्यस्तै गत वर्ष बाजुराकाे पाण्डुसैनमा  छाउपडी गोठमा सल्केको आगोले आमा सहित तीन जनाको ज्यन गएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata