वडाध्यक्षको मोटरसाइकलमा आगजनी

मङ्लबार, भदौ १७, २०७६



बुटवल । अर्घाखाँचीका  अज्ञात समूहले  छत्रदेव गाउँपालिकाका वडाध्यक्षको मोटरसाइकलमा आगजनी गरेको छ ।   छत्रदेव गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष शोभाकर पाण्डेको  लु १ ब १६८८ नम्वरको मोटरसाइकलमा आगजनी भएको  अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश बिष्टले जानकारी दिएका छन् । आगलागीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ।  

वडाध्यक्ष पाण्डे तत्कालीन नेकपा एमालेबाट विजयी भएका हुन् ।  छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले भने, ‘उक्त वडा साविक भवगती गाविस हो , त्यहाँ  केही साथीहरु ( विप्लवका कार्यकर्ता ) हुनुहुन्छ ,  त्यतैबाट आक्रमण भयो कि भन्ने अनुमान गरिएको छ  तर प्रहरीमा अनुसन्धान चलिरहेकोले केही खुलेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata