आज छन्द दिवस, राजधानीमा छन्दयुक्त कविता बाचन गरिँदै
आइतवार, बैशाख ८, २०७६

काठमाडौँ । आज छन्द दिवस । कविता विधामा प्रयोग हुने छन्दको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु गरी आइतबार छन्द दिवस मनाइँदै छ । दिवसका अवसरमा साहित्य डवलीमा ११ बजेदेखि छन्दयुक्त कविता बाचन गर्ने कार्यक्रम छ ।
छन्द वेदको अर्को नाम हो । वर्णहरू र मात्राहरूको गायकी व्यवस्थालाई छन्द भनिन्छ । जब मात्रा अथवा वर्णहरूको संख्या, विराम, गति, लय तथा तुक आदिहरुको नियमसँगत रचनालाई छन्द भनिन्छ। तर पछिल्लो समय छन्द(या पद्द्य) रचनालाई गद्द्य रचनाहरुले चेपिरहेका छन् । छन्दको प्रयोग घट्दै गएको छ ।
सोहि छन्दलाई जोगाउन कवि माधव वियोगीले २०५३ सालमा अभियान शुरु गरेका थिए । त्यसपछि पञ्चाङ्ग निर्णायक समितिले हरेक बैशाख ८ गते छन्द दिवस मनाउन सहमति दिएको हो।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments