छ पनि, छैन पनि !

मङ्लबार, बैशाख २, २०७७

- रामेश्वर चौलागाईं



उद्घाटन, सिलान्यास र भाषण सुन्छु, सरकार छ जस्तो लाग्छ।
सडक, खानेपानीको समस्या हेर्छु, सरकार छैन जस्तो लाग्छ।।

जनताको हित गर्छु भनेको सुन्छु, सरकार छ जस्तो लाग्छ।
कर बढाउने बाहेक केही गरेको छैन, सरकार छैन जस्तो लाग्छ।।

बजेट प्रस्तुत गरेको सुन्छु, सरकार छ जस्तो लाग्छ।
अस्तव्यस्त सवारि हेर्छु, सरकार छैन जस्तो लाग्छ।।

टेन्डर खुलेको खुल्यै छ, सरकार छ जस्तो लाग्छ।
कार्य सम्पन्न कतै छैन, सरकार छैन जस्तो लाग्छ।।

शिक्षा स्वास्थ्यको बजेट सुन्दा,सरकार छ जस्तो लाग्छ।
नतिजा अनि उपलब्धी सुन्छु, सरकार छैन जस्तो लाग्छ।।

उद्दोग कलकारखानाको नाम सुन्दा, सरकार छ जस्तो लाग्छ।
बेचेर खाइसकेको रहेछ, सरकार छैन जस्तो लाग्छ।।

कृषिप्रधान देश भनेको सुन्दा, सरकार छ जस्तो लाग्छ।
उत्पादन केही नहुँदा, सरकार छैन जस्तो लाग्छ।।

पोशाक फेरि फेरि लगाएको देख्दा, सरकार छ जस्तो लाग्छ।
विदेशी आयात पो रै’छ ,सरकार छैन जस्तो लाग्छ।।

बैठक बसेको छ निर्णय गरेको छ!, सरकार छ जस्तो लाग्छ।
कार्यान्वयन केही नभएको देख्दा, सरकार छैन जस्तो लाग्छ।।

नेता कार्यकर्ता मोटाएको देख्दा, सरकार छ जस्तो लाग्छ।
जनता दुब्लाएको देख्छु, सरकार छैन जस्तो लाग्छ।।

स्वास फेर्न पाएको छु, सरकार छ जस्तो लाग्छ।
कदम रोकिएकाले होकी, सरकार छैन जस्तो लाग्छ।।

बिहान घाम झुल्किन्छ सधै, सरकार छ जस्तो लाग्छ।
घाम अस्ताउँछ, अन्धकार हुन्छ, सरकार छैन जस्तो लाग्छ।।

जेल नेल भोगेका नेताहरु छन, सरकार छ जस्तो लाग्छ।
लोभी, पापी र खेताला जम्मा गरेको देख्छु, सरकार छैन जस्तो लाग्छ।।

खरिद बिक्रिमा अग्रसर भएकोले होला, सरकार छ जस्तो लाग्छ।
भ्रष्टाचार मात्र सुन्नु परेकोले होला, सरकार छैन जस्तो लाग्छ।।

सरकार छ जस्तो लाग्छ, छैन जस्तो लाग्छ ।
छ जस्तो लाग्छ, छैन जस्तो लाग्छ।।

रामेश्वर चौलागाईं, भक्तपुर।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments