चेल्सीको लगातार खराब नतिजा

शुक्रबार, पुस ११, २०७६



इंग्लिस प्रिमियर लिगमा चेल्सीले घरेलु मैदानमा लगातार खराब नतिजालाई निरन्तरता दिएको छ ।

गएराति भएको खेलमा चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा साउथह्याम्प्टनसँग २–० ले पराजित भएको छ । साउथ ह्याम्पटनको जितमा माइकल ओबाफेमी र नाथन रेडमन्डले एक एक गोल गरे ।

प्रिमियर लिगमा चेल्सी पछिल्ला ५ मध्ये तीन खेलमा पराजित भएको छ । तीनवटै हार उसले घरेलु मैदानमा भोगेको हो ।

घरेलु मैदानमा ३० नोभेम्बरमा वेस्ट ह्यामसँग १–० ले पराजित भएको चेल्सी १४ डिसेम्बरमा बर्नमाउथसँग पनि १–० ले नै पराजित भएको थियो । गएरातिको खेलमा साउथ ह्याम्पटनसँग २–० ले पराजित भएको हो ।

हारपछि चेल्सी १९ खेलबाट ३२ अंकसहित अंक तालिकाको चौथो स्थानमा कायम छ भने साउथह्याम्पटन १४ औं स्थानमा उक्लिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments