नेपालमा निसर्ग चक्रवातको आंशिक प्रभाव, आज केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

बुधबार, जेष्ठ २१, २०७७



काठमाडौं । आज प्रदेश १ लगायत बागमति, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनिरहेको निसर्ग चक्रवादको आंशिक प्रभाव रहेकोले आज पनि केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको हो ।

बिहीबार सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहेर बाँकी भूभागमा मौसम सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाद्वारा जारी बुलेटिनअनुसार बिहीबार राती सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाँकी भूभागका १/२ स्थानमा  मेघगर्जन, चट्याङसहित  वर्षाको सम्भावनाक सम्भावना छ ।

त्यस्तै, शुक्रबार सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाँकी प्रदेशका भूभागमा थोरै स्थानमा  मेघगर्जन, चट्याङसहित  वर्षाको  सम्भावना रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments