झापामा चट्याङ लागेर यादवको मृत्यु

बुधबार, चैत्र २८, २०७४



झापा । वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति परेको चट्याङ लागेर उनको मृत्यु भएको हो । ग्वालाको काम गर्दै आएका उनलाई भारतको सुरिभिट्टा बजारमा दूध पु¥याएर घर फर्कने क्रममा नेपाल भारतको सीमानामा चट्याङ लागेको थियो ।

चट्याङ लागेर बेहोस् बनेका उनलाई स्थानीयवासीले बिर्तामोडस्थित अस्पताल पठाए पनि रातिनै उहाँको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी प्रमुख नेत्र रानाले जानकारी दिए ।

57 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank