चट्याङ लागेर एक भारतीय नागरिककाे मृत्यु

मङ्लबार, बैशाख २३, २०७७



सिरहा । भारत मधुवनी घर भई हाल सिरहा नगरपालिका-२ छोटकी टोल बस्ने १९ वर्षीया बिभा कुमारी रायको चट्याङ लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

बारीमा आँप टिप्न गएको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments