चट्याङ लागेर एकको मृत्यु, एक घाइते

बिहिबार, असार ११, २०७७



काठमाडौं । उदयपुरमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते भएका छन ।

बिहिबार बिहान पानी सँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिका-१३ असारीका ४५ वर्षीय कानुन चौधरीको ज्यान गएको हो। त्यस्तै सोही वडाको भातिखर्ककी ३१ वर्षीया अनिता खड्का घाइते भएकी छिन्। उनको खुट्टाको केहि भाग जलेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments