चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु

बिहिबार, बैशाख २५, २०७७



काठमाडौं । हावा हुरीसँगै परेको चट्याङ लागेर रोल्पाको लुङ्ग्री गाउँपालिकामा बिहिबार दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर लुङ्ग्री गाउँपालिका २ सिर्पका ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको वडाध्यक्ष अमृत घर्तीले जानकारी दिए ।

झण्डै ६० मिटरको दुरीमा रहेको दुवै घरमा क्षति पुगेको र भीमबहादुरको बाख्राको पाठा समेत मरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments